क्व्होलासोंथरस्थित रुदिखोला हाइड्रोपावरको सामान चोर्ने ९ पक्राउ
काठमाडाैं | बैशाख १९, २०७९
लमजुङ, बैशाख १६ गते । लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५ स्थित रुदीखोला जलविद्युत आयोजना ‘बि’ क्षेत्रबाट हेडरेस पाइपहरु चोरी गर्न लागेको अवस्थामा सात जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले बैशाख ९ गते दिउँसो १ बजेको समयमा समूहलाई पक्राउ गरेको हो ।
चोरी गर्ने कार्यमा संलग्न भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ बर्षीय नरेशकुमार शाह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ बर्षीय रुपेश शाह, तनहुँको म्याग्दी नगरपालिका वडा नं. ४ का ३३ बर्षीय तारा गुरुङ, धादिङको सिद्धलेख गाउँपालिका वडा नं. ५ का ४८ बर्षीय मनोज भन्ने मंगले घले, तनहुँको भिमाद नगरपालिका वडा नं. २ का ३० बर्षीय मनोज थापा, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ५ का २४ बर्षीय मनिष पुर्जा र भानु नगरपालिका वडा नं. १३ का धनबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध अनुसन्धान गर्दै जाँदा उक्त आयोजनाबाट चोरी हुनुमा आयोजनाकै सवारी चालक पर्वतको कुस्मा नगरपालिकाका ४६ बर्षीय आकाश भन्ने दिलबहादुर घर्तीको संलग्नतामा चोरी भएको खुल्न आएको प्रहरीले जनाएको छ । दिलबहादुर घर्तीसहित सोही घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा बस्ने ५० बर्षीय पन्नालाल शाहलाई भने बैशाख १४ गते बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक, सूचना अधिकारी जगदिश रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार अनुसन्धानबाट भारत घर भई हाल पोखरा रत्नचोकस्थित रहेको कवाडीमा काम गर्ने नरेशकुमार शाहले आयोजनाका फलामको पाईपहरु काट्नको लागि पोखराबाटै ट्रकसहित पाईप काट्ने उपकरण ल्याएको खुलेको छ । उनीहरुलाई उक्त ट्रक तथा फलाम काट्ने उपकरण सहित पक्राउ गरिएको हो । उनीहरुले चोरी गर्नको लागि आयोजनामा फलामको पाईपहरु ग्यास कटिङद्धारा काट्दै गरेको अबस्थामा फेला परेको हो । सामान चोरी गरी लैजान नसकेको प्रतिवादीहरु विरुद्ध चोरी उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

